आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो



काठमाण्डौ,१३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ११ रनले हराएको छ ।गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले ।पञ्जाबका कागिसो राबडा र ऋषि धवनले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन जोडेको थियो । पञ्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए।

आठ खेलमा चार वटामा जित निकालेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ। आठ खेलमध्ये ६ मा हार बेहोरेको चेन्नई चार अङ्कसहित नवौँ स्थानमा रहेको छ । आईपीएल क्रिकेट अन्तर्गत आज बेलुकी पौने आठ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स खेल्दैछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालको खराब ब्याटिङ जिम्बावेलाई सामान्य लक्ष्य
आईपीएलमा आज गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै
जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा
दिल्ली क्यापिटल्सको टोलीमा ५ जना कोरोना संक्रमित,खेलको स्थान परिवर्तन