पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने प्राधिकरणको चेतावनी



काठमाण्डौ ,१४ बैशाख । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले आज बुधवार सूचना निकालेर विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन÷इन्टरनेट÷केवल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो ।पोल भाडा बक्यौता रकम भुक्तानीका लागि वैशाखसम्मको समय तोकिएको भन्दै प्राधिकरणले तोकिएको समयमा सम्झौता गर्न, नवीकरण गर्न एवम् अहिलेसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

वैशाखसम्म बक्यौता रकम भुक्तानी नगरे तार काट्ने चेतावनी प्राधिकरणले दिएको छ । केही सेवा प्रदायक संस्थाहरूले केही क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवा प्रदायक संस्थाहरूले सम्झौता नै नगरि विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको सूचनामा उल्लेख छ ।प्राधिकरणले यसअघि पटक–पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ ।

प्राधिकरणले २०७७ मा काठमाण्डौलगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवा प्रदायक कम्पनीहरूले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् । बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवा प्रदायक कम्पनीले अडान राख्दा विद्युत् प्राधिकरणले इन्टरनेटको तारसमेत काटेको थियो ।

इन्टरनेटको तार काटिएपछि पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । त्यो समितिले वृद्धि गरिएको भाडा समायोजन गरेर विवाद समाधान गर्नुपर्ने सुझाव दिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने