वीरगन्जको पावरहाउस ,घण्टाघर हुदै रजतजयन्ति चोक सम्म भत्किएको मुख्य सडक मर्मत सम्भार अन्यौलमा



वीरगन्ज ,१५ वैशाख । वीरगन्जको पावरहाउस चोक देखि घण्टाघर हुदै देखि रजत जयन्ति चोक सम्म भत्किएको मुख्य सडक मर्मत सम्भार अन्यौलमा परेको छ ।विशेष गरि घण्टाघर देखिी माइस्थान सम्म भत्किएको मुख्य सडक , मर्मतसम्भार नहुदा सवारीचालक , पैदलयात्री र त्यस क्षेत्रका व्यवपारीहरु सास्ती खेप्न बाध्य छन् । वर्षामा सडकको खाल्डाखुल्डीमा पानी जम्ने र सुख्खा याममा धुलो उड्दा महानगरवासीलाइ समस्या हुने गरेको छ । सडक मर्मत कार्य अन्यौलमा परेपछि यो वर्षामा फेरि खाल्डाखुल्डीमा जम्ने पानी र हिलोमै स्थानीयलाइ यात्रा गर्नु पर्ने बाध्यता हुने भएको छ ।

पावरहाउस चोक देखि घण्टाघर हुदै देखि रजत जयन्ति चोक सम्म भत्किएको मुख्य सडक यो आर्थिक वर्षमा पनि मर्मतसम्भार नहुने भएको सडक विभागको वीरगञ्ज पथलैया व्यापारिक मार्ग आयोजनाका प्रमुख मनिष साहले बताउनुभयो ।साहका अनुसार , त्रिभुवन राजपथ अन्तर्गत पर्ने उक्त मुख्य सडक मर्मतका लागि सडक विभागले निकालेको ठेक्का रद्द भएपछि , सडक मर्मत कार्य अन्योलमा परेको हो ।वीरगन्जको पावरहाउस देखि घण्टाघर हुदै रजतजयन्ती चोकसम्म ६ किलोमिटर सडक मर्मतका लागि सडक विभागको वीरगन्ज पथलैया व्यापारिक मार्ग आयोजनाले ठेक्का निकालेको थियो ।

उक्त ठेक्कामा एउटामात्रै निर्माण कम्पनीले आवदेन हालेको थियो । तर आवेदन दिएको निर्माण कम्पनीले सडक विभागले राखेको अधिकतम रकमभन्दा बढी रकममा ठेक्का प्रस्ताव गरेपछि , ठेक्का रद्द गरिएको आयोजना प्रमुख साहले बताउनुभयो । अब चालू आर्थिक वर्षमा मर्मतको सम्भावना नरहेको आयोजना प्रमुख साहले बताउनुभयो । वर्षा शुरू हुने भएकाले काम गर्न नसकिने उहाको भनाइ छ । मर्मतका लागि अब आगामी आर्थिक वर्ष कुर्नुपर्ने भएको उहाले बताउनुभयो । चैतभित्रै मर्मत सक्ने लक्ष्य राखेर सडक विभागले गत पुसमा ५ करोड रुपैयाँमा ठेक्का आह्वान गरेको थियो ।

सागर÷निरीक्ष जेभीले सडक विभागले राखेको भन्दा १ लाख १७ हजार रुपैयाँ बढीमा प्रस्ताव हालेको थियो ।सडक विभागको अधिकार क्षेत्रमा पर्ने त्रिभुवन राजपथ अन्तर्गतको वीरगन्जको मुख्य सडक वर्षौंदेखि मर्मत हुन सकेको छैन । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डक देखि मितेरीपुलसम्मको सडकखण्ड विस्तारको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सडक विभागले उक्त खण्डको मर्मतमा उदासीनता देखाउँदै आएको थियो । तर अहिले सडक विभागले बल्लबल्ल सडक मर्मतको ठेक्का आह्वान गरेकोमा त्यो पनि रद्द भएपछि मुख्य सडक मर्मत अन्यौलमा परेको हो ।

यता वीरगन्ज महानरगपालिकाले पनि उक्त सडक सडक विभाग मातहतमा पर्ने भएकाले महानगरले मर्मत गर्न नसकेको बताउदै आएको छ । महानगरका निवर्तमान नगरप्रमुख विजय कुमार सरावगीले भत्किएको सडक मर्मत नहुदा धेरै आलोचना खेप्नु परिरहेको गुनासो गर्नुभयो । तर महानगरले चाहेर पनि सडक मर्मत गर्न नसक्ने भन्दै उहाले यदि महानगगरले त्यसमा बजेट खर्च गरेमा पछि त्यो बेरुजू ठहरिने बताउनुभयो ।

यस्तै रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडक मर्मतको काम पनि अझै अघि बढ्न सकेको छैन । समा कन्स्ट्रक्सनसँग ५ करोड रुपैयाँमा सम्झौता भएकोमा ठेक्का नपाएका ठेकेदारले मिलेमतो भएको भन्दै अदालतमा मुद्दा हालेपछि काम अघि नबढाउन अन्तरिम आदेश अदालतबाट भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने