कराँची आक्रमणको राष्ट्रसंघीय महासचिवद्धारा निन्दा



एजेन्सीैं,१५ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिवले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गरेका छन् ।पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो । सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

शिक्षण संस्था एवं शिक्षकहरुलाई यसरी हमला गर्नु भनेको मानवीय अपराध बाहेक अरु केही नभएको भन्दै यस्ता अपराधमा संलग्न भएका व्यक्तिको खोजी गरी तिनीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा महासचिव गटर्रेसले जोड दिएका उनका उपप्रवक्ता हकले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो समयमा विद्यालय एवं शिक्षालयहरुमा हमला हुने गरेकोप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकारलाई हिंसा हुन नदिनेतर्फ सचेत र सजग रहन पनि उनले सबैलाई आग्रह समेत गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने