पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी



वीरगन्ज,१६ जेठ । पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ। आज भएको कार्यपालिका सदस्यको निर्वाचनमा ६ वटै सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । कार्यपालिकाको अल्पसंख्यक सदस्यमा सदस्यमा सरोज चौरसीया , दलित सदस्यमा रितिक कुमार हजरा तथा महिला सदस्यहरुमा रुना देवी मुसहेरीन् , अंशुइया देवी , कौशील्या चमइन् र रन्जुदेवी थरुनी निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आज ६ सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेस र एमालेबाट ६÷६ जना गरि १२ जनाको उम्मेदवारी परेको भएपनि १५ मत सहित काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारले भने १० मत मात्रै पाएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।यसअघि गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष , उपाध्यक्ष र ३ वटा वडाअध्यक्ष काँग्रेसले जितेकोमा २ वटा वडा मात्र एमालेले जितेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन