नारायणी अस्पतालमा उपचारको पर्खाइमा रहेका बृद्ध दलित दम्पतिलाइ मेयर राजेशमान सिंहद्धारा आर्थिक सहयोग



वीरगन्ज,२१ जेठ । वीरगन्जको नारायणी अस्पतालमा पाच दिन देखि भर्ना रहेका दलित दम्पतिको उपचारका लागि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आर्थिक सहयोग गर्नु भएको छ ।अस्पतालमा भर्ना भएपनि पैसाको अभावमा उपचारको पर्खाइमा रहेका ७३ वर्षिय बच्चा महरा र उहाका श्रीमति ७० वर्षिया छठिया देवी महराका बारेमा खबर पाएपछि आज बिहान आफै अस्पतालमा पुगेर मेयर सिंहले आर्थिक सहयोग गर्नु भएको हो ।पर्साको पर्सागढी नगरपालिका ५ जिङ्गनाका ७३ वर्षीय बच्चा महरा र उहाकी श्रीमति ७० वर्षीया छठिया दुवै जना उपचारको पर्खाइमा रहेको खबर विभिन्न सन्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

त्यो खबर पाएर आज बिहान अस्पतालमा पुगेर मेयर सिंहले बृद्ध दम्पत्तीको स्वास्थ्य अवस्था बारे बुझ्दै उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै पोषिलो आहारका लागि व्यवस्था पनि मिलाइ दिनुभयो । सिंहले ती बृद्ध दम्पत्तीको औषधी उपचारमा कुनै कमी नगर्न चिकित्सकहरुलाई निर्देशन दिँदै कुनै समस्या भए आफूलाई सिधै खबर गरेर जानकारी गराउन पनि आग्रह गर्नुभयो ।७३ वर्षिया महराको फागुनमा पक्षाघात भएपछि शरीरको आधा भाग शिथिल बनेको छ । दाहिने खुट्टामा आएको घाउ बल्झिँदै गएर पाकेपछि श्रीमति छठिया देवीले पतिलाई गत मङगलवार उपचारार्थ अस्पताल भर्ना गर्न ल्याउनु भएको हो ।

निःसन्तान महरा दम्पतीको सम्पत्तिको नाममा २ धुर जग्गामा बनेको एउटा छाप्रो मात्र छ । उमेरमा ज्याला मजदुरी गरेर पेट पालेको महरा दम्पतीको शारिरिक अवस्था अहिले अशक्त भएपछि वृद्ध भत्ताले मात्रै भरथेग भइरहेको छ । त्यतिले खान–लाउन मुस्किलले पुगिरहेको छ । छठिया देवीले पतिको खुट्टाको घाउमा कीरा परेपछि आफू सरकारी अस्पताल खोज्दै उपचारका लागि यहाँ आएको बताउनुभयो  ।आफु पनि अशक्त भइसकेको र दुवै खुट्टा सुन्निएकाले हिँडडुल गर्न गा¥हो भइरहेको उहाले बताउनुभयो ।सन्तान नभएकाले बुढेसकालमा आफूहरूको रेखदेख तथा स्याहारसुसार गर्ने र औषधिमुलो गरिदिने पनि कोही नभएर निकै दुःख पाएको उहाले बताउनुभयो ।

अस्पतालको सर्जिकल वार्डका इन्चार्ज अहेव श्याम चौधरीले बच्चा महराको खुट्टाको घाउमा लागेका कीरा औषधि हालेर हटाइएको बताउनुभयो  । प्यारालिइसिसका कारण खुट्टाको नसा सुकेर रक्तसञ्चार हुन नसकेको भन्दै उहाले घाउ निको हुन महिनौं दिन पनि लाग्न सक्ने बताउनुभयो ।कुरुवा बसेकी पत्नी छठियाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको र उहाको पनि स्वास्थ्य परीक्षणपछि आवश्यक उपचार गर्ने चौधरीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन