वीरगन्जको नारायणी अस्पताल आइतबार बन्द नरहने , प्रशासनिक काम बाहेक अस्पतालका सबै सेवाहरु सन्चालनमा रहने अस्पताल प्रशासनद्धारा जानकारी



वीरगन्ज,२१ जेठ । वीरगन्जको नारायणी अस्पतालमा आइतबारका दिन पनि उपचार सेवा सन्चालनमा आउने भएको छ ।सरकारले इन्धनको खपत घटाउन भन्दै यहि जेठ ४ गते देखि हरेक हप्ताको शनिबार र आइतबार दुइ दिन सार्वजनिक विदा दिएको छ । जसका कारण हरेक सरकारी कार्यालय र संस्थाहरु हप्तामा दुइ दिन बन्द हुने गरेका छन् । तर नारायणी अस्पतालमा भने आइतबारका दिन पनि ओपिडी , शल्यकृया , ल्याब लगायतका सबै नियमित उपचार सेवा सन्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ ।

हिजो बसेको अस्पताल विकास समितिकोे बैठकले सरकारले आइतबारका दिन पनि सार्वजनिक विदा दिएपनि अस्पतालमा आइतबारका दिन पनि सबै सेवा सन्चालनमा ल्याउने निर्णय गरेको हो । लगातार दुइ दिन सार्वजनिक विदामा ओपिडि , ल्यााब लगायतका सेवा बन्द गरिदा बिरामीहरु मर्कामा परेको कुरालाइ मध्यनजर गर्दै अस्पताल विकास समितिको बैठकले आइतबारका दिन पनि अस्पतालका सबै उपचार सेवा सन्चालनमा ल्याउने निर्णय गरेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।

आइतबारका दिन प्रशासनिक काम बाहेक अरु सबै सेवा सन्चालनमा आउने उहाले बताउनुभयो ।आइतबारका दिन खटिने चिकित्सक , स्वास्थ्यकर्मी र कर्मचारीलाइ , अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबारको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि भएको सिंहले जानकारी दिनुभयो ।डाक्टर सिंहका अनुसार ,नारायणी अस्पतालमा पर्सा , बारा , रौतहट , सर्लाही गरि विभिन्न जिल्लाबाट दिनहु औसतमा १ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन