मधेस प्रदेश  यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)



वीरगन्ज,२३ जेठ । मधेस सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरे ।सरकारले बेटी बढाऊ, बेटी बचाऊ, चुरे जोगाऔँ मधेस बचाऔँ, सिचाइमा लगानी, किसानको खुसीयाली जस्ता अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यद्यपि छात्रालाई साइकल वितरण गर्दै आएका सरकारले अब ल्यापटप पनि वितरण गर्ने जस्ता नयाँ कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको हो ।सरकारले सुरुवातदेखि नै मुख्यमन्त्री बेटी बढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्रालाई साइकल वितरण गर्दै आएको छ ।

अब कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप सहयोग गर्ने सरकारले घोषणा गरेको छ ।कम्प्युटर प्रविधिमा पहुँच पु¥याउनका लागि सामाजिक विकास मन्त्रालयमार्फत कक्षा १२ मा अध्ययनरत प्रत्येक छात्रालाई एक थानका दरले ल्यापटप उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।यस्तै प्रत्येक जिल्लाका एक÷एक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त विद्यालयहरूसँग व्यवस्थापकीय सम्झौता गरिनेछ ।

यस्तै आवश्यकता अनुसार भौतिक तथा सामाजिक पूर्वाधार निर्माण एवं क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।यस्तै स्वास्थ्य केन्द्रहरूमा एम.बी.बी.एस. चिकित्सकको व्यवस्था मिलाउने घोषणा पनि सरकारले गरेको छ ।स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन ‘स्वास्थ्य सुधार योजना’ अभियान चलाउने र सो अन्तर्गत स्वास्थ्य केन्द्रहरूमा एम.बी.बी.एस चिकित्सकको सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।
पूर्णपाठ


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण