वीरगञ्जमा कृष्ण फाउण्डेशनको आयोजनामा अगामी जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने



वीरगन्ज,२५ जेठ । वीरगञ्जमा अगामी जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने भएको छ । कृष्ण फाउण्डेशनको आयोजनामा वीरगञ्जको लर्डस दियालोमा २ दिने शैक्षिक मेला हुन लागेको हो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले भारतमा उच्च शिक्षा लिने चाहाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गर्न लागिएको जनाएको छ । भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा २५ प्रतिशतदेखि शतप्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला हुन लागेको  कृष्ण फाउण्डेशनका निर्देशक सुजित कुमार कर्णले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने मेलामा भारतका विभिन्न किसिमका ख्याति प्राप्त विश्वविद्यालय, एवम् कलेजहरुका शिक्षकहरुले नै विद्यार्थीलाई निःशूल्क रुपमा परामर्श दिने निर्देशक कर्णले बताउनुभयो । दुई दिनसम्म चल्ने मेलामा करिब ५ हजार विद्यार्थीहरुले परामर्श लिने उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन