निजगढ विमानस्थल बनाएरै छाडने प्रधानमन्त्री देउवा दाबी



काठमाडौं,२९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताउनुभएको छ । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताउनुभएको छ ।

देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । निजगढको वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणको योजना सरकारको छ । तर सर्वोच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएको छ ।

यद्यपि परमादेशको संक्षिप्त वा पूर्ण पाठ आइनसकेकाले अन्यौल कायमै छ ।पूर्व प्रधानमन्त्री ओली र प्रचण्डले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताइएको छ । सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि शनिबार प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।मन्त्री चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापनपत्र पेश गर्दै निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन आग्रह गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण