बाराको महागढीमाइ नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु



वीरगन्ज,३० जेठ । बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । हुलाकी सडक अन्तर्गत पर्ने थलही पुलबाट हिजो मध्यरातमा बरियापुरबाट लंगडा चोक जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल खसेर दुर्घटना हुदा मोटरसाइकलमा सवार दुइ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बाराको सुर्वण गाउपालिका ७ सनफुल्वा टोल घर भएका ३५ वर्षिया वीरुलाल यादव र मोटरसाइकलमा पछाडि सवार भारत बिहारको पुर्वि चम्पारण समरपुर २ का ३० वर्षिय मेवाचन्द्र राय यादवको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका दुवै जनाको कलैया स्थित प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । तिब्र गतिमा रहेको मोटरसाइकल आफै अनियन्त्रित भइ पुलबाट तल खोलामा खसेको उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन