जिल्ला समन्वय समिति पर्साका नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुले आज पद तथा गोपनीयताको शपथ लिए



वीरगन्ज,३० जेठ । जिल्ला समन्वय समिति (जिसस) पर्साका नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । जिल्ला समन्वय समितिको सभाकक्षमा आज आयोजित शपथ ग्रहण समारोहमा जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनारले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख सोनारले उपप्रमुख पुरन कुर्मी र ७ जना सदस्यहरुलाइ पद तथा गोपनियताको शपथ खुवाउनुभयो ।शपथ ग्रहण समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाइ बधाइ तथा शुभकामना दिनुभयो ।

उहाले आफनो साढे चार वर्षको कार्यकालमा दलगत स्वार्थमा नलगाी सकेको जति काम गरेको बताउनुभयो । जिल्ला समन्वय समितिलाइ प्रदेश सरकारले कुनै पनि किसिमको सहयोग नगरेको गुनासो गर्दै उहाले महानगरपालिकाको विगतको नेतृत्वले पनि कुनै पनि प्रकारले समन्वय नगरेको बताउनुभयो ।

अहिलेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाइ दलीय स्वार्थ भन्दा माथि उठेर जिल्ला र जिल्लावासीको हितमा काम गर्न सुझाव पनि उहाले दिनुभयो ।शपथ ग्रहण समारोहमा प्रदेशसभा सदस्य जन्नत अन्सारी , जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु , एमाले नेता शीव पटेल , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन