गादिमाई आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ पाठयपुस्तक वितरण



प्रमोद यादव

पचगावाँ,३०जेठ । पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर ३ पश्चिम देकुलीमा रहेको गादिमाई आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ पाठयपुस्तक वितरण गरिएको छ । विद्यालयका बाल विकास कक्षा देखि ५ सम्मका गरि १ सय ४१ जना बालबालिकाहरुलाई पाठयपुस्तक वितरण गरिएको हो । आज विद्यालयमै आयोजित कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव राउत थारुले विधार्र्थीहरुलाइ पाठ्यपुस्तक प्रदान गर्नु भएको हो ।

विधालय ब्यवस्थापन समितिकी अध्यक्ष निलम देवीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाअध्यक्ष मधव राउत थारुले आफनो वडा भित्रका सबै सामुदायिक विधालयहरुलाइ नमुना विद्यालय बनाउने आफनो प्रमुख उदेश्य रहेको बताउनुभयो । उहाले शिक्षा र स्वास्थ सेवाबाट पालिकाका कोहि पनि जनतालाइ बन्चित हुन नदिने पनि बताउनुभयो ।

विद्यालयहरुमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक,पुर्वाधार ,खानेपानी ,शैक्षिक सामग्री लगायतको आधारभुत सबै आवश्यकता पुरा गर्ने प्रतिबद्धता पनि उहाले व्यक्त गर्नु भयो । कार्यक्रममा विधालय व्यवस्थापन समितिका सदस्य हरेन्द्र राम, शिक्षिका चन्द्रकली देवी, पुष्पान्जली कुमारी, उमाकान्त दास,कन्चन कुमारी ,प्रमोद प्रसाद लगायतको पनि उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन