भारतबाट अवैध रुपमा ल्याइएको कछुवा सहित बाराका आनन्दलाल टेमानी पक्राउ



वीरगन्ज,३० जेठ । भारतबाट अवैध रुपमा ल्याइएको कछुवा सहित एक जनालाइ प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । भारतबाट चोर बाटो हुदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ४५ बर्षीय आनन्दलाल टेमानी पक्राउ परेका हुन् । उनको साथबाट ११३ वटा कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आज बिहान साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँको बाटो हुदै आएका उनलाइ ११३ वटा कछुवा सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवत्तःा प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाच गर्दा ११३ वटा कछुवा फेला परेको खनालले बताउनुभयो ।

कछुवा सहित पक्राउ परेका टेमानीलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन