सबैया साझेदारि वन ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु बिरुद्ध प्रदर्शन
प्रमोद यादव
पचगावाँ,३१जेठ । पर्सामा रहेको सबैया साझेदारि वन ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु बिरुद्ध पर्सागढि नगरपालिकाका युवाहरुले बिरोध रयाली निकालेर प्रदर्शन गरेका छन् ।सबैया साझेदारि बन ब्यवस्थापन समिति बिरुद्ध संघर्ष समितीका संयोजक अमृत बस्यालको नेतृत्वमा हिजो निस्केको रयाली सबैया गाउँ परिक्रमा गरि साझेदारि बन ब्यवस्थापन समितिको कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संयोजक बस्यालले साझेदारिको नाममा तस्करसंग मिलोमतो गरेर काठको तस्करी गराउने र साझेदारिको नाममा आउने गरेको करोडौं रकम बैज्ञानिक वनको नाममा व्यापक रुपमा भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।साझेदारिमा आएको सम्पुर्ण रकमको आम्दानी खर्च सर्बजनिक गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।
अर्का वक्ता रामचन्द्र दास थारुले सबैया साझेदारि वन समिति भ्रष्टाचारमा फसेको कारण आठ बर्ष देखि पुरानै नेतृत्वले चलाएको र नंया नेतृत्वको लागि कुनै पहल नगरेको र पहुचको भरमा काठ दाउरा बितरण गर्ने गरेको बताउनुभयो। आफुहरु को मागलाई बेवास्ता गरे कडा आन्दोलमा उत्रिने र साझेदारिका कुनै पनि पदाधिकारीलाई कार्यालयमा प्रवेश गर्नै नदिने चेतावनी पनि उहाले दिनुभयो ।