पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई



काठमाडौं,२असार । रुसी आक्रमणको चपेटामा परेको पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा हजारौं सर्वसाधारण फसेको र उनीहरूको उद्धारमा कठिनाई देखिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।युद्धग्रस्त क्षेत्रमा फसेकाहरूमध्ये अधिकांश अजोत केमिकल कारखानाभित्र रहेको बताइएको छ । युद्धका क्रममा सो शहरलाई जोड्ने सबै पुलहरू ध्वस्त पारिएकाले करिब १२ हजार सर्वसाधारणलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्रसंघको भनाइ छ ।

अधिकांश भू–भाग रुसी सेनाको कब्जामा गईसकेको सेभेरोदोनेत्स्कमा खानेपानी र सरसफाइ ठूलो चुनौती देखिएकाले मानिसहरू कतिसम्म पानी विना बाँच्न सक्छन भन्ने चिन्ता बढेको राष्ट्रसंघको मानवीय सहायता कार्यालयका प्रवक्ता सबियानो एब्रुले बताएका छन् ।

त्यहाँ खाद्यान्न र स्वास्थ्य सामग्रीको पनि अभाव देखिएको पनि उनले बताएका छन् ।राष्ट्रसंघीय निकायहरूले युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणलाई सहयोग गर्ने कोशिस गरे पनि निरन्तरको युद्ध र पहुँच मार्गको अभावमा मुस्किल भईरहेको छ ।

रुसी सेनाले सर्वसाधारणको उद्धारमा सघाउने आश्वासन दिए पनि अहिलेसम्म बाटो नखुलेको राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ । त्यहाँस्थित रुस समर्थित पृथकतावादी नेताले युक्रेनी लडाकुहरूले बाटो अवरुद्ध गरेकाले सर्वसाधारणलाई बाहिर पठाउन नसकिएको दावी गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त