विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान



वीरगञ्ज,३ असार । विश्व रक्तदाता दिवसको अवसरमा पर्साको बहुदरमाई नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ५ जना महिला सहित २६ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले जानकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका विश्रामपुरका सभापति हासिम अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंघासन साह रतmदाताहरुलाई रगत जम्मा गर्ने प्याकेट हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह , स्थानीय जसपाका नेत महन्थ यादव, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रतmसंचार केन्द्रका जितेन्द्र कुश्वाहाको नेतृत्वको प्राविधिक टोलीले सहयोग गरेका थिए भने कार्यक्रमका संचालन रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन