युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण



वीरगन्ज, ११ साउन । रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजना ‘हाम्रो सानो प्रयास’ कार्यक्रम सुरु गरेका छ्न् । स्थानीय समुदायको लागि आधारभूत उद्यमशीलता र सीप प्रशिक्षण युवाहरूको लागि एकदमै लाभदायक हुने रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका सामुदायिक सेवा निर्देशक आनन्द साहले बताउनु भयो ।

‘हाम्रो सानो प्रयास’ कार्यक्रममा अहिले २५ देखि ३० जना बिद्यार्थीलाई ग्राफिक डिजाइन र फोटोशप तालिम प्रदान गरि उनीहरुलाई रोजगारको वातावरण मिलाउने रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष रबिन श्रेष्ठले बताउनु भएको छ।

  कार्यक्रम संयोजक रोहित गुप्ताको अध्यक्षतामा भएको कार्यक्रम प्रशिक्षण मूकेश साहले दिनुभएको थियो । कार्यक्रममा रामबिनय यादव, क्लबका पूर्व अध्यक्ष प्रकाश कर्ण, मुकेश साह, आदत, रोनक, कन्या सराफ,नितेश गुप्ता लगायत इम्पेरियल कलेज विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान