रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ



रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले पुर्व अध्यक्ष सलोनी रौनियारको जन्मदिनको अवसरमा (TREE FOR THE BIRTHDAY ) जन्मदिनको लागि रूखहरू नामक कार्यक्रम सफल तरिकाले पहल गरेको छ।

सामाजिक र ब्यक्तीत्व बिकाश कार्यमा क्रियासिल रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले पृथ्वीलाई हावा शुद्ध गर्न र वायुमण्डलबाट कार्बन अवशोषित गर्न , माटोलाई स्थिर बनाउन , पानीको संरक्षण गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

रोट्रयाक्ट क्लबले पछिल्लो समय नया संस्कारको बिकाश गर्दै आएको छ र जन्मदिनको अवसरमा रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका युवाहरूले अफुले सकेसम्म सामाजसेवा जस्ता क्रियाकलाप हरु गर्न र गराउन जोड दिदै आएका छन भनि कल्वका अध्यक्ष रबिन श्रेष्ठले जानकारी दिएका छ्न ।

रोट्रयाक्ट कल्वका पुर्व अध्यक्ष सलोनी रौनियारको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको थियो र उक्त कायक्रम मा पुर्व अध्यक्ष प्रकाश कर्णले बृक्षारोपण गरेसगैं युवाहरुमा जन्मदिनको उत्सवको नौलो बिकाश भएको भनि जानकारी समेत दिएका छ्न।

कार्यक्रम को सहजिकरण कल्ब का प्रशासनीक निर्देशक रोट्रयाक्ट रिचा सराफले गर्नुभएको थियो भने क्लबका निखिल गप्ता, अन्जली गर्ग, रेसु अग्रवाल, स्वेता साह, बिना प्रजापति, आलोक ठाकुर र निकीता उपाध्याए हरुको सहभागिता रहेको क्लव का जेनरल सेक्रेटरी रामबिनय यादबले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल